मोरङको जहदा गाउँपालिका-५ मा करेन्ट लागेर एक जना बालकको मृत्यु

Jhalkonepal


काठमाडाैं , साउन २३


मोरङको जहदा गाउँपालिका-५ स्थितमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवानन्द महतोको १५ बर्षीय छोरा भरत महत्तो रहेका छन् । हिजो साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ  मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया