काठमाडौँ, कार्तिक ११
साफ महिला च्याम्पियनसिपका सेमिफाइनलका
खेलहरू आज हुँदैछन । फाइनलमा पुग्न घरेलु
टोली नेपालले आज भारतसँग खेल्दैछ भने बङ्गलादेश र भुटान सँग खेल्दैछ । पहिलो खेलमा
बङ्गलादेश र भुटान दशरथ रङ्गशालामा दिउसो १:३० मा साथै दोश्रो खेल नेपाल र
भारत विच बेलुका साढे ६ बजे शुरु हुनेछ ।
नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट
भारतसँग खेल्न लागेको हो ।
दुई वर्षअघि दशरथ रङ्गशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–०
ले हराएर फाइनलमा पुगेको थियो । अनि साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको
पहिलो पटक थियो । यसपटक नेपाल र भारत तथा साविकको उपाधि विजेता बङ्गलादेश र
भुटानले सेमिफाइनलमा खेल्न लागेका हुन् ।
१० कार्तिक २०८१, आईतबार ०८:२१ मा प्रकाशित