बारा, फागुन १४
बाराको राेहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएकाछन । निजगढ नगरपालिका- ५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो। उनी सोही नगरपालिका-७ मा रहेकाे राेहित वर्कसप सञ्चालक हुन ।
सोमबार दिउँसो १२ बजे लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिनुभयाे । घटनामा ५ जना घाइते भएका छन्। सोही नगरपालिका वडा-५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देमान, २० वर्षीय रितु रजत, ३५ वर्षीय भारतीय नागरिक राकेश जयसवाल, २० वर्षीय अरविन साह घाइते भएकाे प्रहरीले बताएकाे छ । उनीहरूमध्ये ३ जनाको अवस्था गम्भीर छ ।