दक्षिण अफ्रिका टि२० विश्वकपको फाइनलमा

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, असार १३

दक्षिण अफ्रिका टि२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । आज विहान भएको खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।  आइसीसीले आयोजना गर्ने कुनै पनि फर्मेटको प्रतियोगिताको फाइनलमा दक्षिण अफ्रिका पहिलो पटक पुगेको हो । यस अघि १३ पटक सेमिफाइनलमा स्तब्ध हुदै आएको दक्षिण अफ्रिकाले चोकर्सको उपमा समेत पाएको थियो । 

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य ९ वौ ओभरमा १ विकेट गुमाएर पुरा गर्दै दक्षिण अफ्रिका विजयी भएको हो । दक्षिण अफ्रिकालाई फाइनलमा प्रवेस गराउने क्रममा रेजा हेन्डरिचले २९ र ऐडेन मकरमले २३ रन बनाए । अफगानिस्तानका लागि १ मात्र विकेट फजालहक फारुकीले लिए । 

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको अफगानिस्तानलाई दक्षिण अफ्रिकी बलरहरुले धरासायी बनाएका थिए । दक्षिण अफ्रिकाका तवरेज शाम्सीले २ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । यस्तै मेक्रो जोन्सनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कसिगो रबाडा र एन्ड्रीच नोर्टजेले पनि २,२ विकेट लिए । 

दक्षिण अफ्रिकाले अव फाइनलमा भारत वा इंग्लैण्ड विच हुने दोस्रो सेमिफाइनलको विजेता संग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल आज राती सवा ८ वजे हुनेछ । 


प्रतिक्रिया