काठमाडौं, असोज २२
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको नेतृत्व चयन आजबाट सुरू हुँदै छ। निवर्तमान कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
निवर्तमान अध्यक्ष दामोदर भण्डारीले प्रस्तुत गर्ने राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल गराउने र पारित गरिएसँगै नेतृत्व चयनको प्रक्रिया सुरू हुने छ।
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जना आकांक्षी देखिएका छन्। निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना ,त्यस्तै नेकपा विभाजनका बेला एमालेबाट युवा संघका अध्यक्ष बचन सिंह र पूर्व जिविस सभापति कृष्ण प्रसाद जैसी अध्यक्षकाे प्रतिस्पर्धा गर्दैछन्।
२१ असोज २०८०, सोमबार ०९:०४ मा प्रकाशित