काठमाडौँ, माघ ११
जारी महिला यू-१९
टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ । नेपाली समय
अनुसार यो खेल अपराहन्न सवा १२ बजेदेखि शुरु हुदै छ ।
यसअघि समुह चरणमा बाहिरिएका नेपाल र
आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन् ।
त्यस्तै अर्को प्लेअफमा पाकिस्तान र सामोआ पनि खेल्दै छ ।
१० माघ २०८१, शुक्रबार ०७:२० मा प्रकाशित