सुनसरी, जेठ ९
नेकपा एमाले सुनसरीको अध्यक्षमा
निलम खनाल निर्वाचित हुनु भएकाे छ ।
आठौँ जिल्ला अधिवेशन अन्तर्गत साँझ सम्पन्न अन्तिम मतपरिणामा खनाल ३ सय ८३ मत
ल्याएर निर्वाचित हुनु भएको हो । खनालले निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेललाई ९६ मतले पराजित गर्नुभएको छ । पोखरेलको २ सय ८७ मत रहेको छ । उपाध्यक्षमा पर्शुराम
यादवले ३ सय ३२ मत ल्याएर विजयी बन्न्नुभएको छ । उहाँले प्रतिस्पर्धी नन्द बस्नेतललाई ३ मतको झिनो
अन्तरले पराजित गर्नुभएको हो । यादवले ३
सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत छ । यस्तै
सचिवमा राम कोइराला विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी पदम लिम्बुलाई १ सय १७ मतले पछि पार्दै निर्वाचित बन्नु भएको हे । कोइरालाले ३ सय
८७ मत ल्याउँदा लिम्बुले २ सय ७० मत मात्र ल्याउनु भएको छ । उपसचिव महिलामा इन्द्रकला राई निर्वाचित हुनुभएको
छ । उहाँले कमला मगरलाई २ सय ४७ मतले पछि पार्दै निर्वाचित हुनुभएको हे । राईले ४
सय ३८ मत ल्याउँदा मगरले १ सय ९१ मत मात्र ल्याउनुभयो । उपसचिवमा देवानन्द मेहतालाई १ सय ८८ मतले पछि पार्दे यामकुमार सुब्बा विजयी हुनुभएको छ । सुब्बाले ३ सय ८५ मत ल्याउँदा मेहेताले १ सय ९७
मत ल्याउनु भयो । जेठ ५ गते सुरूभएको अधिवेशनमा ६ सय ८१ जनाले मतादान गरेका थिए ।