काठमाण्डाै, भदाै २४
नेपाल खेलकुद
पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा
प्रशिक्षक गरी चार वटा विधाका मनोनयन सार्वजनिक भएको छ ।
नेपाल
खेलकुद पत्रकार मञ्चले आज काठमाण्डाैमा पत्रकार सम्मेलनमार्फत २१औं संस्करणको
अवार्डको चार वटा विधाका मनोनयन सार्वजनिक गरेको हो ।
चार विधामा उत्कृष्ट ५/५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा
परेका छन् ।
अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी र
रोहित पौडेल, कराँतेका
मोहम्मद सेखु आलम, फुटबलका
अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । महिलातर्फ कराँतेकी एरिका गुरुङ, फुटबलकी सावित्रा
भण्डारी, क्रिकेटकी
रुबिना क्षेत्री, एथ्लेटिक्सकी
सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परे ।
२०८०
सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार
मनोनयन सार्वजनिक गरिएको हो । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात
सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।
यसैगरी
युवा वर्ष खेलाडीको मनोनयनमा क्रिकेटका अर्जुन कुमाल, भाराेत्ताेलनका
हेमन्तपाल, फुटबलकी प्रीति राई, टेबल टेनिसका सुजन गडाल
र टेनिसकी सुनिरा थापा छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा पारा तेक्वान्दाेका कविराज
नेगी लामा, कराँतेका
कुशल श्रेष्ठ, क्रिकेटका
मोन्टी देसाई, कबड्डीकी
पार्वती राई र भाराेत्ताेलनका सञ्जय मर्हजन मनोनयनमा परेका छन् ।
अवार्ड
आउँदाे भदाै २८ गते कमलदीमा रहेकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ ।
यसपालि मञ्चले अवार्ड कार्यक्रमसँगै एशियाली खेलकुद पत्रकार महासङ्घ (एआईपीएस, एशिया) को कंग्रेस पनि
आयोजना गर्दैछ ।