सोलुखुम्बु, फागुन १८
लिखुपिके गाउँपालिका ३ काफ्लेचौरमा रहेको रुद्र बहादुर खत्रीको घरमा आगलागी भएको छ । जहाँ गाउँपालिकाको प्राबिधिक शाखा, स्टोर शाखा र प्रधानमन्त्री रोजगार शाखा भाडामा रहेका थिए ।
अहिले करिब ३ घण्टा पछि गाउँपालिकाको कार्यालय भवनमा लागेको आगो नियन्त्रणमा आएको छ। दिउँसो करिब १ बजे आगो लागेको थियो ।
करिब ४ बजे आगो नियन्त्रणमा आएको गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिनुभयो ।आगालागीका कारण भवन पूर्णरुपमा क्षति भएको अध्यक्ष बस्नेतले बताउनुभयो । भवनको माथिल्लो तलामा आगो लागेको थियो। विद्युत सर्ट भएर आगालागी भएको अनुमान गरिए पनि यकिन कारण खुलिसकेको छैन। स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्। उक्त भवन गाउँपालिकाले भाडामा लिएको थियो।
१७ फाल्गुण २०८१, आईतबार ०७:०० मा प्रकाशित