काठमाडौं, साउन १८


नेपालको पुरुष र महिला
राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको
सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पुरुषतर्फ पहिलो दिन पराजित मान बहादुर श्रेष्ठ र दिल बहादुर
सुनारको जोडीले दोस्रो दिन लगातार तीन जित निकाल्दै अन्तिम चारको स्थान तय गर्न
सफल भएको हो ।
यता, महिला टोली लगातार तेस्रो जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल
भएको हो । पहिलो दिन एक खेल जितेको कमला पुन र मनिष चौधरीको जोडीले दोस्रो दिन
शुक्रबार थप दुई जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा
शुक्रबार कमला र मनिषाको जोडीले उज्वेकिस्तान र माल्दिभ्सलाई पराजित गर्दै शत
प्रतिशत नतिजाका साथ सेमिफाइनलमा प्रवेश गरेको हो
सेमिफाइनल र फाइनलका खेलहरु शनिबार नै हुनेछ । च्याम्पियनसिपमा
पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागिता रहेको छ ।