युरोकप २०२४ अन्तर्गत आजदेखि क्वाटरफाइनलका खेलहरू सुरू हुँदै

Jhalkonepal

काठमाण्डाैं, असार २१

युरोकप २०२४ अन्तर्गत आजदेखि क्वाटरफाइनलका खेलहरू सुरू हुँदैछ   ।

जर्मनीको उर्टमबर्गस्थित एमएचपी एरेनामा जर्मनी र स्पेनले पहिलो क्वाटरफाइनल खेल्नेछ ।

खेल नेपाली समयअनुसार आज राति पौने १० बजे सुरू हुनेछ ।

आजै राति पौने १ बजे फ्रान्स र पोर्चुगलबीच दोस्रो क्वाटरफाइनलको खेल हुनेछ ।

स्पेन समूह ‘बी’ र जर्मनी समूह ‘ए’को विजेता बनेर नक आउट चरणमा प्रवेश गरेको थियो ।

नक आउटमा स्पेनले जर्जिया र जर्मनीले डेनमार्कलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएकोमा स्पेनले ८ र जर्मनीले ९ खेल जितेको छ। ९ खेल बराबरी भएको छ ।

ती खेलमा स्पेनले ३२ र जर्मनीले ३१ गोल गरेको छ ।

प्रतिक्रिया