आइपिएल: गुजरात टाइटन्सको सानदार जित, यी टिम पुगे प्लेअफमा

Jhalkonepal

काठमाडौ, जेठ ५

इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स १० विकेटको सानदार जित हात पार्दै प्ले अफमा प्रवेश गर्न सफल भएको छ।

गुजरातले दिल्ली क्यापिटल्सलाई१० विकेटको फराकिलो अन्तरमा हरायो। दिल्लीको जित‌मा शुभमन गिल र साइ सुदर्शनको सानदार साझेदारी गरे।

गुजरातको जितमा रोयल च्यालेन्जर्स पन्जाब (आरसिबी) र पन्जाब सुपर किङ्स पनि प्ले अफमा प्रवेश गरेका छन्।

जितको लागि २ सय रनको चुनौति गुजरातले १९ ओभरमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्दै १० विकेटको सानदार जित निकाले ।

त्यसअघि अरूण जैटली स्टेडियममा टस जितेर गुजरातले दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९९ रन बनायो।

यो जित सहित गुजरात १८ अंक लिएर शीर्षस्थानमा उक्लिदै प्ले अफमा प्रवेश गरेको छ। समान १७ अंक बनाएका आरसिबी र पन्जाब पनि प्ले अफमा पुगे।

अब दिल्ली, मुम्बई र लखनउ मध्ये एक टिम प्ले अफमा पुग्नेछन्। मुम्बईसँग १४, दिल्लीसँग १३ र लखनउसँग १० अंक रहेको छ। लखनउले १० खेल खेलेको छ।

प्रतिक्रिया