मोरङमा सन्थाल बस्तीमा आगलागी,१९ घर जले २५ परिवार विस्थापित

Jhalkonepal

मोरङ चैत ४ 

मोरङको रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेका इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । हिजो दिउँसोदेखि शुरु भएको आगलागी बस्तीमा फैलि‌दा १९ घरधुरीका २५ परिवार विस्थापित भएककाे  रङ्गेली इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागाईंले बताउनु भयाे । 


विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन प्रकृया थालेको छ ।  प्रहरीका अनुसार बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको हो ।

कानेपोखरी गाउँपालिकारङ्गेलीबेलबारीपथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरको बारुणयन्त्रप्रहरीसशस्त्र प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

 

 

प्रतिक्रिया