सुनसरी
, माघ २९
प्रहरीले सुनसरीबाट १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको छ ।
नेपाली
१ हजार दरका नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले
जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरु बरामद गरिएको हो ।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो ।
शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको प्रहरीको भनाइ छ ।
स्कोरपियोको
पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको
थियो ।
त्यसलगत्तै
प्रहरीले स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ ।
स्कोरपियोमै सवार रहेका अर्का व्यक्ति फरार बनेका छन् ।
प्रहरीका अनुसार बरामद भएको रकम, स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएर विभिन्न
कोणबाट अनुसन्धान अघि बढाइएको छ ।