काठमाडौँ, असोज १
नेपाल पुलिस क्लबले सेन्ट्रल
एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित
निकालेको छ ।
माल्दिभ्समा मङ्गलबार भएको खेलमा पुलिसले ताजकिस्तानको
डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–१५, २५–१२, २५–१४ को जित निकालेको हो । तेस्रो जितसँगै नौ अङ्क बनाएको
पुलिसले फाइनल पुग्ने सम्भावना बढाएको छ ।
यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलङ्काको
एयर फोर्सलाई समान ३–० को सोझो सेटमा हराएको थियो । पुलिसले अब लिग चरणको अन्तिम
खेल बिहीबार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।ब
३१ भदौ २०८१, मङ्गलबार ०५:१५ मा प्रकाशित