काठमाण्डाै,
साउन २२
बङ्गलादेशको
पछिल्लो राजनितिक घटनाक्रमका
कारण आगामी अक्टोबर ३ देखि २० तारिखसम्मका लागि तय भएको आइसिसी महिला टी–२०
विश्वकप सर्ने सम्भावना बढेको छ ।
अन्तर्राष्ट्रिय
क्रिकेट काउन्सिल (आइसिसी) ले बङ्गलादेशको राजनितिक अवस्थाले विश्वकप आयोजना गर्न
सम्भव नभए अन्य देशमा लौजाने विकल्प रहेको जनाएको छ । आइसिसीले भारत, श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (युएई) लाई विश्वकप आयोजनाको वैकल्पिक
देशको रुपमा समेत लिएको छ ।
महिला टी–२०
विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । बङ्गलादेशमा गत एक महिनादेखि
सरकारविरोधी आन्दोलन चलिरहेको छ । बङ्गलादेशका
प्रधानमन्त्री शेख हसिनाले सोमबार मात्र प्रधानमन्त्री पदबाट
राजीनामा दिएर देश छाड्नुभएको थियो ।
हसिनाले देश
छाडेसँगै बङ्गलादेशका सैनिक प्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार गठन गर्ने तयारी
सुरु गर्नुभएको छ । बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व लिन नोबेल पुरस्कार
विजेता डा. मुहम्मद युनुसलाई प्रस्ताव गरिएको छ ।