महिला साफ च्याम्पियनसिप : माल्दिभ्स विरूद्द भुटानको १३ गोल, आजै नेपाल र श्रीलंका भिड्दै

Jhalkonepal

काठमाडौं ,कार्तिक ८

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा भुटानले माल्दिभ्सलाई १३-० ले हराउँदै जित दर्ता गरेको छ ।
 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले शानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो ।
जितसँगै भुटान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ। नेपाललाई समूह विजेता बन्नका लागि श्रीलंकामाथि ६ गोलको फराकिलो अन्तरले हराउनु पर्नेछ।
 

प्रतिक्रिया