यू १९ महिला विश्वकप टी २० क्रिकेटका लागि नेपाली टिम घोषणा

Jhalkonepal

काठमाण्डौ, पुस २०

मलेसियामा हुने यू १९ महिला विश्वकप टी २० क्रिकेटका लागि नेपाली टिम घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार १५ सदस्यीय टिम घोषणा गरेको हो । १८ जनवरीदेखि २ फेब्रुअरीसम्म हुने प्रतियोगितामा नेपाली टिमको नेतृत्व पूजा महतोले गर्नेछिन् । 

टिममा सोनी पार्खिनले उपकप्तानको जिम्मेवारी पाएकी छिन् । १५ सदस्यीय टिममा महतो, पार्खिन, सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना बिके, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, अनु कडायत र करिश्मा गुरुङ रहेका छन् । 

प्रतिक्रिया