काठमाण्डाै, असोज ७
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल
क्यानडासँग पराजित भएको छ ।
क्यानडाको किङ सिटीमा भएको खेलमा नेपाल क्यानडासँग ५
विकेटले पराजित भएको हो ।
नेपालले
दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन
बनाउँदै लक्ष्य पूरा गर्याे । क्यानडाका लागि नाभिनित धालिवाले सर्वाधिक ८७ रन
बनाए ।
नेपालका
लागि सन्दीप लामिछानेले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको
नेपालले ४६ ओभर १ बलमा अल आउट हुँदै १ सय ८१ रन बनाएको थियो । सन्दीप लामिछानेले
सर्वाधिक ४९ रन बनाए । क्यानडाका लागि कलिम सानाले ३ विकेट लिए ।
यसअघिका
खेलमा नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो ।
त्रिदेशीय श्रृङ्खलामा अब नेपालले अन्तिम खेल भोलि ओमानसँग खेल्नेछ । ८ टोलीको
सहभागिता रहेको लिग–२ मा यो जितपछि क्यानडा १४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको
छ ।