काठमाण्डौ, असोज २
नेपालले विश्वकप क्रिकेट लिग २ मा आज बुधबार ओमानको सामना
गर्दै छ । क्यानडाको किङ्ग सीटीमा
हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ । यसअघि नेपाल
आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।
क्यानडा
नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल
पाँच खेलमा एक जीत र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । ओमान ४
खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा
१२ अङ्कका साथ शीर्ष स्थानमा छ ।
विश्वकप सन् २०२७ को
छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ । नेपालले तेस्रो खेलमा असोज ६
गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।
१ असोज २०८१, बुधबार ०७:०५ मा प्रकाशित