सर्लाहीको विष्णु गाउँपालिकामा आगलागी ७५ वटा घर जले

Jhalkonepal

सर्लाही, वैशाख २१

सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा आगलागी हुँदा ७५ वटा घर जलेका छन्।

स्थानीय शत्रुघन राउतको घरमा  खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा  टोलमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालस सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताउनुभयाे ।

उहाँका अनुसार फुसको घरबाट सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको थियो। आगो फैलिदा  घरहरूमा पनि लगातार ग्यास सिलिन्डर बिस्फोट भएको थियो।

आगलागीमा परेका घरहरुमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसा लगायतका सामग्री नष्ट भएको छ।

ती घरहरुमा भएको क्षतिको विवरण अहिले संकलन भइरहको डिएसपी श्रेष्ठले बताउनुभयाे । 

प्रतिक्रिया