काठमाण्डाैं , चैत २७
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले
मंगलबार अपराह्न कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी कुल २३
सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्षक मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत
गरेका थिए ।
कँडेललाई
एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका १ जना सांसदले समर्थन गरेका थिए । ४०
सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ जना सांसदकाे समर्थन चाहिन्थ्याे । जसमा गठबन्धनको पक्षमा २४ जना
(सभामुखसहित) सांसद छन् ।
यसअघि
माओवादीबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि
प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनकाे समय दिएर दलहरूलाई
आह्वान गर्नुभएकाे थियाे ।