चितवन, फागुन १८
चितवनको छात्रावासमा बालिका मृत्यु प्रकरणमा प्रधानाध्यापक सहित तीन जना पक्राउ परेका छन्।
गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियाे ।
प्रहरीले वडा नम्बर १० कै स्कुलका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र ४८ वर्षीय होस्टेलका वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरेको पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयाे ।
सालिनको मृत्यु भएपछि आफन्तले तीन जनाविरूद्ध किटानी जाहेरी दिएका थिए।
१७ फाल्गुण २०८०, शुक्रबार ०६:४७ मा प्रकाशित