इलाम-२ मा मतदानको समय सकियो, मतपेटिका संकलन गरिदैँ

Jhalkonepal

इलाम , बैशाख १५

 इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतदानको समय सकिएको छ ।

निर्वाचन आयोगले शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकेको हाे । तर, लाइन लागेकाहरुलाइ  मतदान गर्न केही समय दिइएको छ ।

लगभग ६६ हजार हाराहारी मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए ।

मतपेटिका ल्याउन सकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना गर्ने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । इलाम १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।

इलामको मतगणना केन्द्रका रुपमा गौतमबुद्ध सभागृहलाई तोकिएको छ ।

प्रतिक्रिया