भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु

Jhalkonepal


काठमाडाैं साउन १५

भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ।। अरू एक सयभन्दा बढी बेपत्ता भएका छन् । पहिरोमा परेका १६ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

पहिरोपछि वायु सेनाका दुई हेलिकोप्टरसहित उद्धार र राहत टोली परिचालन भएको छ । उद्धारमा दुई सयभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् । मेपड्डीका पहाडी क्षेत्रमा केही दिनदेखि परिरहेको ठूलो वर्षाका कारण पहिरो गएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। 

प्रतिक्रिया