नेपाल प्रिमियर लिगका लागि मार्की प्लेयरको नाम सार्वजनिक

Jhalkonepal

काठमाडौं, भदाै २८

 

नेपाल क्रिकेट संघ (क्यानले) नेपाल प्रिमियर लिगका लागि मार्की प्लेयरको नाम सार्वजनिक गरेको छ। 

आगामी नोभेबर ३० देखि डिसेम्बर ३१ सम्म हुने एनपिएलका लागि शुक्रबार क्यानले ८ जना खेलाडीलाई मार्की प्लेयरका रुपमा नाम घोषणा गरेको छ। 

मार्की प्लेयरमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामी , करण केसी, आशिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल रहेका छन्। 

एनपिएलमा यी आठ जना खेलाडी प्रतियोगितामा सहभागी आठ टिमले रकम बढाबढमा लिनेछन् । यी खेलाडीले दुई जना एकै टिमबाट खेल्न पाउने छैनन् ।

प्रतिक्रिया