काठमाडौँ , भदाै २१
नेपाल उद्योग वाणिज्य महासंघले पारा
ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस
हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
शुक्रवार महासंघको कार्यालयमा पारा
ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई महासंघको तर्फबाट सम्मान गरेकाे हाे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष
चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरूलाई निजी क्षेत्रले
प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताए।
उनले पेरिस ओलम्पिककै इतिहासमा नेपाललाई पदक जिताउन सफल
पलेशालाई अझ प्रेरणा र प्रोत्साहन दिनुपर्ने बताए। उनले पलेशा
जस्तो प्रतिभालाई हरेक निजी क्षेत्रका संस्थाहरूले सम्मान गर्नुपर्ने बताए।
पलेशाको जितले खेलकुद क्षेत्रमा र खेल क्षेत्रमा लाग्ने खेलाडीको लागि प्रेरणा
मिल्ने विश्वास व्यक्त गरे।
सम्मान ग्रहण गर्दै पलेशाले ओलम्पिकको पहिलो मेडल जित्न
पाएकोमा खुशी लागेको बताइन्। उनले पदक जितेसँगै आफूले एउटा उद्देश्य पूरा गरेको
महशुस गरेको बताइन्।
सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक जित्ने
बताइन्। उनले प्रयास गरे असम्भव केही नभएको बताइन्। पहिला नै राज्यले हेरेको भए
आफूले गोल्ड मेडल नै जित्थेँ भनिन्।