विराटनगरमा आगगाली एकको मृत्यु

Jhalkonepal

विराटनगर ,मंसिर २०

 विराटनगर ७ मा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर घाइते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो ।

आगलागीमा परेर घाइते अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयाे । 

 आगलागी विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैचना नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । आगलागीको सम्बन्धमा थप अनुशन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया