सुनसरी , चैत १४
उदयपुरमा सुनकोशीमा नुहाउने
क्रममा बेपता भएका तीनैजना बालबालिकाको शव फेला परेको छ । होली खेलेर
नुहाउने क्रममा सुनकोशीमा बगेका उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका तीन जना
बालबालिका ११ गते बेपत्ता भएका थिए । साउनेको धाप्लाङदेखि छ किलोमिटर तल
सूर्यढुंगामा बिहान १२ वर्षीया रेखा मगरको शव फेला परेको जिल्ला प्रहरी
कार्यालय उदयपुरले जनाएको छ । बिहान माछा मार्न गएका स्थानीय बासिन्दाले शव
देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हिजो आठ वर्षका रिदम मगरको शव
घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङमा फेला परेको थियो भने आज १४ वर्षीय लोकबहादुर मगर को
शव घटना भएको ८ किलोमिटर पूर्वमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका
प्रवक्ता हरिनन्द चौधरीले बताउनुभयो ।
१३ चैत २०८०, बुधबार ०४:५० मा प्रकाशित