काठमाडौं, मंसिर १०
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’को ट्रफी सार्वजनिक भएको छ।
सुन्धारास्थित धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आठ टिमका मार्की खेलाडीले लिगको ट्रफी सार्वजनिक गरेका हुन्।
ट्रफी सार्वजनिक गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन समेत गरेका थिए।सम्बोधनका क्रममा उनले समग्र क्रिकेट क्षेत्रमा प्रशंसा गर्दै हरेक टिमका मार्की खेलाडीको खुलेर प्रशंसा गरेका थिए।
मंसिर १५ गतेदेखि तीन सातासम्म त्रिवि क्रिकेट मैदानमा हुने लिगमा काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी आठ टोली सहभागी हुँदैछन्।
९ मङ्सिर २०८१, सोमबार १०:३२ मा प्रकाशित