बिराटनगर, माघ २३
कोशी प्रदेशका तिन छुट्टाछुट्टै जिल्लाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ५ जना पक्राउ परेका छन । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका-५ का ६२ बर्षीय याम बहादुर तुम्बापोलाई सुर्योदय नगरपालिका-२ बाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरी धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-१ बाट धरान-१४ का २५ बर्षीय सुजन थापा र धरान-६ का २८ बर्षीय प्रज्वल थापालाई प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१३ बाट भारत कोशीकापुरका २६ बर्षीय सहजात अलि र धर्मदेवी नगरपालिका-१ संखुवासभाकी २० बर्षीया रबिता अधिकारीलाई लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको जनाएकाे छ ।पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ
२२ माघ २०८०, मङ्गलबार १२:४९ मा प्रकाशित