सिरहामा बालिका हत्या गरेको आरोपमा आमाछोरी पक्राउ

Jhalkonepal

काठमाडैं, वैशाख १७

 सिरहामा बालिका हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार छन् ।

छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता मुक्तीनाथ सापकाेटाले बताउनुभएकाे छ ।

प्रहरीका  अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी बालिका  हराएकी थिइन् ।

खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

प्रतिक्रिया