नाउपाका बहुमत सांसद विना विश्वासको मत लिदै सुपका मुख्यमन्त्री सोडारी

Jhalkonepal

धनगढी, जेठ २

नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद बिना नै सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि ९विहिबार० विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीमा समर्थन गरेकै नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुई सांसद र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिनेछन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय पाँच सांसदले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने छैनन्। यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म प्रदेश सभा बैठक स्थगित गरिएको थियो।

बैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ। उक्त दिन विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए। एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ।

प्रतिक्रिया