काेशी , चैत २७
नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा सांसद गोपाल तामाङ
नियुक्त भएका छन्।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा
नियुक्त गरेका हुन् । तत्कालीन प्रमुख सचेतक भूपेन्द्र राईले राजीनामा दिएपछि
तामाङ प्रमुख सचेतक बनेका हुन् ।
संसदीय दलको विधान
२०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भएअनुसार कोसी प्रदेशको संसदीय दलको
प्रमुख सचेतकमा मनोनयन गरेको दलका नेता उद्धव थापाले बताए ।
उनी झापा १ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रदेशसभामा
निर्वाचित भएका हुन ।
२६ चैत २०८०, मङ्गलबार १०:४८ मा प्रकाशित