फोर नेसन्स कप च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दै

Jhalkonepal

काठमाडौं , फागुन १४

फोर नेसन्स कप च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।

अहिलेसम्म कुनै उपाधि जित्न नसकेको नेपाली महिला टोली पहिलो उपाधि जित्ने दाउँमा छ। यो नेपालका लागि ६ वर्ष अघि भारतमा भएको हिरो गोल्डकपको फाइनलमा भोगेको हारको बदला लिने अवसर समेत हो।

उपाधि जित्न नसकेको नेपाली राष्ट्रिय महिला टोलीका लागि यो महत्वपूर्ण अवसर हो। 

यस पटक उपाधिका लागि कुनै कसर बाँकी नराख्ने टोलीका प्रशिक्षक र कप्तानको दाबी छ। । यो वर्ष मात्रै नेपाली टोलीले तेस्रो उपाधिका लागि खेल्दैछ। साफ अघि नेपाली टोली वाफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। 

प्रतियोगितामा अपराजित रहँदै नेपाल र म्यानमार फाइनल पुगेका हुन्। दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्। लिग चरणमा नेपालले दुवै टोलीलाई समान १–० गोलले हराउँदा म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० ले हराएको थियो। 

प्रतिक्रिया