काठमाडौं, चैत १२
नेपाली बजारमा चार दिनदेखि लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको छ । सुन तोलाको १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलामा ६ सय, आइतबार ९ सय र गत शुक्रबार १ हजार रुपैयाँले घटेको थियो ।
१० चैत २०८१, मङ्गलबार ११:०९ मा प्रकाशित