सुनसरी: दुई सवारी साधन एक-आपसमा ठोक्किँदा ४ जनाको मृत्यु, १५ घाइते

Jhalkonepal

सुनसरी, साउन २६

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक-आपसमा ठोक्किँएकाे छ। 

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो बस आज बिहान एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरीले जानकारी दिएको छ।

उनका अनुसार दुई सवारी साधन एक-आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु भएका केहीको पहिचान भएको र केहीको खुल्न सकेको छैन ।

घाइतेहरूको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरी इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।  बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया