काठमाण्डौ, साउन
२३
घरेलु समर्थक र घरेलु दर्शकको साथमा नेपालले घरेलु भुमीमा काभा महिला भलिबल
नेसन्स लिगको उपाधि जित्ने सुनौलो मौका गुमाएको छ ।
घरेलु टोलीलाई ५ सेटको खेलमा
रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स
लिगको उपाधि जित्न सफल भएको छ ।
नेपालले उत्कृष्ट शैलीमा पहिलो सेट २५-२३ ले जित्यो। खेलमा एक
शुन्यको अग्रता बनायो।
दोस्रो सेटमा भने भारत हाबी बन्यो र नेपालले १४-२५ ले गुमायो । यो सेटपछि भारत खेललाई एक-एकको बराबरीमा पुर्याउन सफल रहयो।
तेस्रो सेटमा भने नेपाल कमब्याक गर्न सफल भयो । कुनै पनि समय यो सेटमा भारतले अग्रता बनाउन सकेन । यो सेट नेपालले २५-२२ ले जित्यो। खेलमा नेपालले दुई एकको अग्रता बनायो ।
खेलमा टिकीराख्न भारतलाई चौथो सेट जित्नै पर्ने थियो। २५-२१ ले
भारतले चौथो सेट जितेपछि खेल दुई-दुईको बराबरीमा पुग्यो। खेल पाँचौ सेटतर्फ
धकेलियो।
पाँचौ सेटमा भने नेपाल सुरूवात देखि नै नेपाल पछि पर्यो । तीन
शुन्यले भारतले अग्रता बनाएपछि नेपालले कमब्याक गर्न नै सकेन । नेपाललाई मात्र ५ अंकमा रोकेर भारतले पाँचौ सेट
१५-५ ले जित्दै भारतले नेपाललाई स्तब्ध बनायो।
फेरि यो
पटक नेपालले १३ औं दक्षिण एसियाली खेलकुद सागको इतिहास दोर्याएर भारत च्याम्पियन
बन्यो। पाँच वर्ष अगाडि नेपाल स्वर्ण को लागि भारतसँग नै पाँचौ सेटमा हारेको थियो।
नेपालले लिग चरणमा भारतलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो ।