काठमाडौं, पुस २९
भारतमा आजदेखि शुरू हुने पहिलो संस्करणको खो–खो विश्वकपको उद्घाटन
खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतमा आजदेखि शुरू हुने पहिलो संस्करणको खो–खो विश्वकपमा नेपाल पनि
सहभागी हुँदैछ ।
आज जनवरी १३ तारिखदेखि फेब्रअरी १
तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र
महिला टोलीले सहभागिता जनाउँदै छन् ।
कुल २३ राष्ट्रको सहभागिता रहने
पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा हुन लागेको हो । यसअघि २४
राष्ट्रले सहभागिता जनाउने भने पनि पाकिस्तानले भारतमा गएर नखेल्ने जनाएपछि सहभागी
राष्ट्रको सङ्ख्या २३ भएको अन्तर्राष्ट्रिय खो–खो महासङ्घले जनाएको छ ।
पुरुष खो–खो विश्वकपमा २० देश
सहभागी हुनेछन् भने महिला खो–खो विश्वकपमा १९ राष्ट्रले प्रतिस्पर्धा गर्ने भारतीय
ओलम्पिक एसोसिएशनले जनाएको छ ।
नेपालले उद्घाटन खेलमा आज भारतसँग
प्रतिस्पर्धा गर्नेछ । त्यसपछि समूहचरणमै भोलि पेरुसँग, पर्सि बुधवार ब्राजिलसँग र बिहीवार
भुटानसँग खेल्नेछ । यस्तै विश्वकपमा नेपाली महिला टोली समूह ‘सी’ मा परेको छ । यो
समूहमा भुटान, श्रीलङ्का, जर्मनी र बङ्गलादेश रहेका छन् ।
महिला विश्वकपको समूह ‘ए’ मा भारत, इरान, मलेसिया र दक्षिण कोरिया रहेका छन्
। समूह ‘बी’ मा इंगल्याण्ड, अष्ट्रेलिया, केन्या, युगाण्डा र नेदरल्याण्ड्स रहेका
छन् । यसैगरी समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इण्डोनेशिया रहेका छन्।