बिराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित भिड्द्वारा ट्रकमा आगजनी

Jhalkonepal

विराटनगर, माघ २८

 विराटनगरस्थित बरगाछी चोकमा ट्रकको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा  स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको मोरङ  प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ ।

दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ। भने आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया