होलीलाई लक्षित गरेर कोशी प्रदेशमा सुरक्षा व्यवस्था कडा, ४ हजार ८ सय ६५ प्रहरी खटिने

Jhalkonepal


सुनसरी , चैत १०

 कोशी प्रदेशका पहाडी जिल्लाहरूमा भोलि र तराईका जिल्लाहरूमा पर्सी मनाइने होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइएको  छ । कोशी प्रदेशका १० वटा पहाडी जिल्लामा  भोलि चैत ११ गते र ४ वटा तराईका जिल्लामा पर्सी चैत १२ गते मनाइने होलीको लागी सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुनिल दाहालले बताउनुभयो । प्रहरीले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएकोले ढुक्कसँग मर्यादित भएर होली मनाउन र खेल्न पनि आग्रह गरेको छ ।

प्रदेशका १४ वटै जिल्लाका ठाउँ ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाउने तयारी छ । प्रदेश भरी १ हजार ४ सय २९ ड्युटी सङ्ख्या ,३ सय ७८ क्विक रेसपोन्स टिम , १४ कमाण्ड सङ्ख्या , ५ सय २९ पिकेट सङ्ख्या , ९६ मोबाइल गस्ती , १ सय १७ चेकिङ १ सय ८७ पैदल गस्ती र ४५ सादा पोसाक गस्ती टोली  लगाएत अन्य सहित गरी  होली पर्व सुरक्षा योजनामा ४ हजार ८ सय ६५ प्रहरी परिचालन गरिने प्रदेश प्रहरीले जनाएको हो ।   

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्याबस्थापन कार्यालयका  इटहरीका प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलले होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि सचेतनामूलक सन्देश सामाग्री बिभिन्न माध्यमबाट प्रकाशन तथा प्रसारण गरिरहेको र अन्य बेलाको तुलनामा भन्दा होलीलाई मध्यनजर गरेर कोशी प्रदेशका सबै नाकाहरू रअन्य ठाउँमा बिहानैदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँका अनुसार मादक पदार्थ सेवन तथा लागु औषध सेवन गरे नगरेको  कडाइका साथ चेकजाँचको व्यवस्था मलाइएको  छ । यसका लागि प्रदेशमा पर्याप्त ट्राफिक प्रहरी  खटिने उहाँको भनाइ छ ।

होलिमा अनुमति विपरीत रङ दल्नेलोला हान्नेअनावश्यक हो–हल्ला गर्नेझैँ–झगडा गर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरूलाई तत्काल नियन्त्रणामा लिएर कानुनी  कारबाहीको दायरामा ल्याउन सक्ने गरी प्रहरी  परिचालन गरिएकाले त्यस्ता आपराधिक मनसाय बेकेकाहरू बेलैमा सजक हुन र रङहरूको पर्व  होली आपसमा मिलेर मनाउन प्रहरीले  विशेष अनुरोध समेत गरेको  छ ।

 

 

 

प्रतिक्रिया