कोशीका आन्दोलनकारीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

Jhalkonepal

कोशी, माघ ६

 नेपाली कांग्रेसको प्रतिनिधित्व नगराई कोशीका आन्दोलनकारीसँग वार्ता गर्न कोशीका मुख्यमन्त्री केदार कार्कीले सरकारी वार्ता टोली गठन गरेका छन्। 

सरकारको नेतृत्व गरिरहेको कांग्रेस कोशी प्रदेशको दोस्रो ठूलो दल हो। नामकरणका बेला कोशीका पक्षमा मतदान गरेको कांग्रेसबाट कुनै प्रतिनिधि नराखी मुख्यमन्त्रीले वार्ता  टोली गठन गरेका हुन्। 

प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनरत ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ आन्दोलनमा छ। तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकालमा दुई चरणमा वार्ता भए यता राजनीतिक अस्थिरताका कारण प्रदेशमा वार्ता हुन सकेको थिएन। 

भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पक्षसँग वार्ताका लागि समिति बनाएको हो। 

प्रदेश मन्त्रिपरिषद्को शनिबार बिहान सम्पन्न बैठकले जबेगुको नेतृत्वमा  पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने गरी समिति बनाएको हो। 


प्रतिक्रिया