सुभेष सिनाल
काठमाण्डौं, जेठ ३२
पिएनजीलाई हराउदै अफगानिस्तान जारि टि२० विश्वकपको सुपर ८ चरणमा प्रवेस गरेको छ । समुह सी मा लगातार तिन जित निकाल्दै अफगानिस्तानले सुपर ८ मा स्थान पक्का गरेको छ । समुह विजेताको निक्र्यौल गर्नको लागि समुह सीमा वेष्ट इन्डिज र अफगानिस्तान विच अन्तिम खेल हुनेछ ।
टस जितेर पहिले बलिंग गरेको अफगानिस्तानले पिएनजीलाई ९५ रनमा अल आउट गर्न सफल भयो । विकेट लिए पनि अफगानिस्तानले निकै अनुशासनहिन बलिंग गरेको थियो । अफगानिस्तानले २५ रन अतिरिक्त रनको रुपमा पिएनजीलाई उपहार दिएको थियो । अफगानिस्तालने १२ लेग वाइ र १३ वाइट बल गरि २५ रन अतिरिक्त दिएको थियो । पिएनजीका कप्लिन डोरिगाले सबैभन्दा वढि २७ रन बनाए भने एली नाउले १३ र टोनी उराले ११ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले रन बनाउन सकेनन् । अफगानिस्तानका फजाउल्लाह फारुकीले ३ विकेट लिए भने नविन उल हकले २ र नूर अहमदले १ विकेट लिए । पिएनजीका ४ जना ब्याटर भने रन आउट भएका थिए ।
९६ रनको लक्ष्य पछ्याउन मैदानमा आएको अफगानिस्तालने १६ औ ओभरको पहिलो बलमा ३ विकेट गुमाएर १०१ रन बनाएर खेल जित्यो । अफगानिस्तानका गुलबदिन नैबले नटआउट ४९ रन बनाए भने मोहम्मद नावीले १६, अजमुल्लाह ओमरजाईले १३ र रहमानुल्लाह गुरवाजले ११ रन बनाए । पिएनजीका एली नाउ, सिलो कमिया र नोरमन भौनाले १,१ विकेट लिए ।