यू १९ महिला टी २० विश्वकपमा आज नेपालले बंगलादेशविरुद्ध भिड्दै

Jhalkonepal

काठमाडौँ, माघ ५

यू १९ महिला टी २० विश्वकपमा आज नेपालले बंगलादेशविरुद्ध भिड्दैछ। मलेसियामा प्रतियोगिताको शनिबार पहिलो दिनको खेलमा पहिलो पटक यू–१९ महिला विश्वकप खेलिरहेको नेपालले बंगलादेशको सामना गर्नेछ 

यो खेल नेपाली महिला टिमका लागि ऐतिहासिक हो। यसअघि नेपाली महिला टिमले विश्वकप खेलेको छैन । नेपालले बंगलादेशसँगको पहिलो खेल शनिबार दिउँसो सबा १२ बजे मलेसियाको बांगीस्थित यूएसडी–यूकेएम क्रिकेट ओभलमा खेल्दैछ। 

पूजा महतोको कप्तानीमा नेपालले कात्तिकमा भएको छनोट प्रतियोगिताको निर्णायक मानिएको खेलमा घरेलु टोली यूएईलाई पराजित गरेको थियो

नेपालले समूह चरणमा बंगलादेशसहित स्कटल्यान्ड अस्ट्रेलियासँग खेल्नेछ सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हरेक समूहका शीर्ष टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् सुपर सिक्समा ६–६ टोलीको दुई समूह हुनेछ त्यसबाट शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्

समूह चरणको खेलमा एउटा विजय हात पारे पनि ‘सुपर सिक्स’ मा पुग्ने सम्भावना रहन्छ

प्रतिक्रिया