झापा , वैशाख १८
झापामा लागुऔषध कारोबारीलाई नियन्त्रणामा लिन प्रहरीले गोली चलाएको छ।
हिजो साँझ झापाको झापा
गाउँपालिका-३ कामाटोलीमा प्रहरीले गोली चलाएर झापा गाउँपालिका-४ का २५ वर्षीय
सरिफुल आलमलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दका
अनुसार कामाटोलीस्थित अक्कल बहादुर
विश्वकर्माको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाए लगतै
अनुसन्धानमा खटिएको थियो।
अकस्मात प्रहरी देखेपछि आलमले खुकुरी र दाउ निकालेर प्रहरीमाथि
आक्रमण प्रयास गरेका थिए जवाफमा प्रहरीले गोली नै चलाउनु परेके डिएसपी चन्दले
जानकारी दिनुभयो ।
प्रहरीले प्रतिरक्षा
स्वरूप दुई राउन्ड गोली चलाएको बताचएको छ ।
प्रहरीले चलाएको गोली आलमको बाँया खुट्टाको तिघ्रा र पिँडुलामा
लागेको छ। उनलाई नियन्त्रणमा लिइ उपचारका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको डिएसपी चन्दले जानकारी दिनुभयो । अलामको साथबाट
हतियार तथा लागू अषाध बरामद भएको छ ।