मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Jhalkonepal

विराटनगर , माघ ११

        मोरङको रतुवामाईमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार एकजनाको मृत्यु भएको छ ।

सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-५० प ८५२२ नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका-७ मा अनियन्त्रित भइ आज बिहान दुर्घटना हुँदा चालक स्थानीय २८ वर्षीय कनैया साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 मोटरसाइकल नालीमा पल्टँदा सिकिस्त घाइते भएका साहको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो ।

प्रतिक्रिया