नेत्रहिन टि ट्वान्टी विश्व कप: नेपालको लगातार दोस्रो हार

Jhalkonepal

काठमाडौं, मंसिर ९

पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

आइतवार प्रतियोगिताको दोस्रो खेलमा नेपाली टोली बंगलादेशसँग ६७ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १ सय १२ रन मात्र बनायो । नेपालका लागि भरत थापाले ३१ तथा नरेश चौधरीले १९ रन बनाए । बंगलादेशका लागि अस्मत अलिले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १ सय ७९ रन बनाएको थियो । बंगलादेशका लागि आरिफ हुसेनले ५४ तथा मोहम्मद सलमानले ३४ रन जोडे । नेपालका लागि सुनिल मगर, भरत थापा, अमिस गुरागाइ र दुर्गादत्त पौडेलले समान १ विकेट लिए ।

पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । तेस्रो खेलमा नेपालले सोमवार अफगानिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया