काठमाडौं , असार ७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको आईएल टी-२० लिग खेल्ने भएका छन् ।
उनले पुन: गल्फ जायन्टबाट आईएल लिग खेल्न लागेका हुन् । ऐरीले यसअघिको सिजनमा पनि सोही टोलीबाट खेलेका थिए ।
गल्फ जायन्टले शुक्रबार सार्वजनिक गरेको तस्वीरमा ऐरीसहित अन्य खेलाडी रहेका छन् ।
यस लिगमा ६ टिम सहभागी हुनेछन् ।
७ असार २०८१, शुक्रबार ०५:३० मा प्रकाशित