सुनसरी,माघ २६
बालिकालाई बलात्कार
गरी फरार रहेका व्यक्ति १९ वर्षपछि पक्राउ परेका छन् ।
सुनसरीको बराहा
क्षेत्र नगरपालिका वडा नम्बर १ बस्ने ३७ वर्षका अर्जुन विश्वकर्मालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । उनी २०६१ मङ्सिर २३ गते १५ बर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका थिए । उनलाई घटना भएको १९ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय
सुनसरीका प्रवक्ता नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले
२०६७ वैशाख २९ मा बश्विकर्मालाइ ९ वर्ष ५ महिना १९ दिन कैद फैसला गरेको थियो। विश्वकर्मा लुकीछिपी धरान एरियामा
बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा धरान उपमहानगरपालिका १२ बाट उनलाई पक्राउ
गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो । विश्वकर्मालाई सुनसरी अदालतमा प्रस्तुत गरी कारागार चलान गरीएकाे छ ।
२५ माघ २०८०, शुक्रबार ०६:०६ मा प्रकाशित