काठमाडौं,मंसिर ८
पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा शनिबार देखि पाकिस्तानमा चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी–२० विश्वकप सुरु हुँदैछ ।
उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल घाद्दी इन्स्टिट्युट अफ क्रिकेट लाहोरमा हुनेछ । यस्तै नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । यस खेल पनि लाहोरस्थित साइद स्पोर्ट्स सिटी बेदिएनन रोडमा हुनेछ ।
वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलको कार्यक्रमम अनुसार हुने चौथो ब्लाइन्ड क्रिकेट टी–२० विश्वकप डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुने छ ।
ब्लाइन्ड विश्वकपमा आयोजक पाकिस्तानसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले सहभागिता जनाउनेछन् ।
७ मङ्सिर २०८१, शनिवार १०:०४ मा प्रकाशित